

सुशील अग्रवालको अध्यक्षमा झापाका चार्टर्ड एकाउन्टेन्टस्हरु संगठित

झापा । संख्या बढ्दै गएपछि झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु संगठित भएका छन् ।
झापाको बिर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टस्हरुको आज सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेका हुन् ।
१ नं प्रदेशकै पहिलो चार्टर्ड एकाउन्टेन्ट्स झापा बिर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा संघको गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम बस्नेत र कोषध्यक्षमा राहुल साहेवाला चयन भएका छन् भने श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समिर संग्रौला सदस्य बने ।
पेशागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्राविधिक विकासका बारे अन्तरक्रियात्मक ढंगले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्ने गरी झापामा संघ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।
अग्रवालकै अध्यक्षतामा आयोजित भेलाको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले गरेका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवाललाई पाण्डेले सपथ खुवाएका थिए भने कार्यसमितिका अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष अग्रवालले सपथ गराए ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै प्रमुख अतिथि पाण्डेले चार्डर्ड एकाउन्टेन्टस्हरुको संख्यामा गुणात्मक बृद्धि हुँदै गएकोले देशैभरि यसको सञ्जाल विस्तार गर्न थालिएको बताए । उनले उद्योग–व्यवसाय क्षेत्रमा कर प्रणाली र लेखा प्रणालीको अहम् र महत्वपूर्ण भूमिका रहने भएकोले यी विषयमा स्वयम् उद्योगी–व्यवसायी पनि जानकार हुनुपर्ने बताए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सारका प्रमुुख केशवराज ओली, संघको प्रदेश १ का प्रमुख मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायते शुभकामना मन्तव्य राख्दै संघले कर तथा लेखा प्रणालीको आवश्यकता र महत्वलाई थप उजागर गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
सोही अवसरमा आर्थिक ऐन २०७९ र नेपाल राष्ट्रबैंकले भरखरै सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा अन्तरक्रियात्मक चर्चा गरिएको थियो । आर्थिक ऐनका सम्बन्धमा अर्थविज्ञ शेषमणि दाहालले प्रस्तुति दिएका थिए भने मौद्रिक नीतिका सम्बन्धमा एक्सेल डेभलपमेन्ट बैकका कार्यकारी प्रमुख इन्द्र कट्टेल र बैंकर्स एशोसिएशन झापाका अध्यक्ष सुवास श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए । यसपटकको मौद्रिक नीति कसिलो भएकोले उद्योगी–व्यवासायीका लागि केही चुनौतीपूर्ण रहेको औंल्याइएको थियो ।
सहभागी उद्योगी–व्यवसायीले भने यसपटकको मौद्रिक नीतिले उद्योग–व्यवसाय नराम्ररी प्रभावित हुनसक्ने बताएका थिए ।
July 29, 2022 8:02 pm | अर्थतन्त्र,प्रदेश तह,राजनीति,राष्ट्रिय समाचार
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
