कमला मदन–आश्रितका विद्यार्थीलाई स्टेशनरी र छात्रवृत्ति प्रदान

July 19, 2022 9:09 pm

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आज कमला मदन–आश्रित स्मृति माध्यमिक विध्यालयका विध्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

संस्थाले गरिव तथा जेहेन्दार विध्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति रकम प्रदान गरेको संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।

कमल गाउँपालिका वडा नम्बर २ मा रहेको सो विद्यालयमा कक्षा ४ मा अध्ययनरत दोर्जे तामाङ्ग र कक्षा ८ मा अध्ययनरत सरोज नेपाललाई नवोदय सहकारीले छात्रवृत्ति वापतको पहिलो किस्ता जनही ११ हजार रुपैयाँ प्रदान गरेको हो ।

ती दुवै विध्यार्थीलाई कक्षा १२ अध्ययन गरुन्जेल वार्षिक २१ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको संस्थाका व्यवस्थापक फणिन्द्रबहादुर कार्कीले बताए ।

यस्तै कारितास नेपाल दमकले सोही अवसरमा विद्यालयमा बाल क्लबका सदस्य, एनसिसिका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकलाई विद्यालयमा आकस्मिक सुरक्षा कार्य योजनाको बारेमा जानकारी गराउँदै विपद ब्यवस्थापन सम्बन्धी नमूना अभ्याससमेत गराएको छ ।

नमूना अभ्यासले विद्यार्थीहरुलाई विपदमा कसरी सुरक्षित रहने, कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा जानकारी गराएको कारितास नेपाल दमक शाखा तथा परियोजना अधिकृत बिपिन निरौलाले जानकारी दिए ।

सो विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५० जना विद्यार्थीलाई लायन्स क्लब अफ दमक ईम्प्याक्टले स्टेशनरी सामग्री वितरण गरेको विद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले बताएका छन् ।

          July 19, 2022 9:09 pm | शिक्षा,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित