

कुशेश्वर राईलाई झापामा विशिष्ट संगीत सम्मान गरिने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको साहित्य चौतारीले आफ्नो २३औं स्थापना दिवस तथा २०९औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका विद्वान प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गर्ने भएको छ ।
आफ्नो स्थापना दिवसको सन्दर्भमा संगीत वर्षको रुपमा मनाउने र संगीत साधकलाई विशिष्ट सम्मान गर्ने तय गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
साहित्य चौतारी झापाको स्थापना २०५६ साल असार ३१ गते भएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारी झापाको उद्घाटन गरिदिएका थिए ।
आगामी असार ३१ गते सिंहवाहिनी महिला समूहको नौमती बाजासहित साहित्यकारहरुको र्यालीले बिर्तामोड नगर परिक्रमा गर्ने र सभाहलमा संगीत साधक राईलाई सम्मान अर्पण गर्ने संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
होटल हिकोला हेरिटेज साहित्य चौतारीको सभाहलमा लोक तथा लोकदोहोरी गायक इलामे श्रष्टा देवीप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा गायन, नृत्य, कविता वाचनलगायतका साहित्यिक तथा साँगीतिक प्रस्तुति रहने संरक्षक श्रेष्ठले बताए ।
कार्यक्रम संयोजक तथा साहित्य चौतारी झापाका उपाध्यक्ष दिपक रायमाझीको अध्यक्षता तथा साहित्य चौतारी झापाका साहित्य तर्फका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए । महासचिव खगेन्द्रा खुशीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासाको समाधान संस्थापक संरक्षक श्रेष्ठले गरेका थिए ।
July 11, 2022 9:24 pm | प्रदेश तह,मुख्य समाचार,लोकप्रिय,समाज,साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
