
सत्सङ सेवा परिषद झापाद्वारा सम्मान

अर्जुनधारा । श्रीकृष्ण प्रणामी सेवा समितिका नवनिर्वाचित पदाधिकारी तथा श्रीकृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षहरुलाई आज सम्मान गरिएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरेमा शनिबार सत्सङ सेवा परिषद झापाद्वारा आयोजित सेवा समिति नेपालको चौथो पूर्ण बैठक एवम सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनीहरुलाई स्वागत सम्मान गरिएको हो ।
सत्सङका पूर्व अध्यक्षहरु स्वर्गीय सोमकान्त भट्टराईलाई मरोणान्त सम्मान, मेघनाथ ढकाल, रामप्रसाद भट्टराई, प्रजापति कोइराला, लीलाप्रसाद सापकोटा, छत्रप्रसाद अधिकारी, कृष्ण बजगाईं र सेवा समिति नेपालका नवनिर्वाचित अध्यक्ष श्यामकृष्ण शर्माको कार्य समितिलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सन्त श्री १०८ कृष्णदास जी महाराज र सत्सङ सेवा परिषद झापा अध्यक्ष मिलनकुमार बस्नेत, पूर्वाञ्चल धर्मसभा आसाम साध्वी गोपीका माताजी लगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन, सेवा समितका अध्यक्ष श्यामकृष्ण शर्मा, गोपीका माताजी, सन्त श्री १०८ कृष्णदास जी महाराज लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
परिषद झापा अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गिरिधर शर्मा कट्टेलले गरेका थिए । सत्सङ्ग सेवा परिषद उपाध्यक्ष मुरलीधर कोइरालाले स्वागत गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण सेवा समितिका पदाधिकारी, युवा परिषद केन्द्र, प्रदेश, जिल्ला तथा प्रास, वाइजुराज महिला समिति केन्द्र, प्रदेश, जिल्ला तथा इकाईका पदाधिकारी तथा स्थानीय सुन्दर साथहरु सहित मन्दिरका प्रतिनिधिहरुको सहभागिता थियो ।
June 11, 2022 8:54 pm | लोकप्रिय,समाजप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
