
पार्थिव शरीरमा सहकारीको झण्डा ओढाएर खरेलप्रति अभियानद्वारा उच्च सम्मान

झापा । हिजो साँझ इलाममा भएको स्कोर्पियो दुर्घटनामा मृत्यवरण गरेका कर्णाली साकोसका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको पार्थिव शरीरमा सहकारीको झण्डा ओढाउँदै सयौं सहकारीकर्मीले आज श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज दिउँसो कनकाई माईको पूर्वी तटमा गरिएको दाहसंस्कार अघि खरेलको पार्थिव शरीरमा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, जिल्ला सहकारी संघ, प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी महासंघका तर्फबाट संयुक्तरुपमा सहकारीको झण्डा ओढाइएको हो ।
राष्ट्रिय सहकारी महासंघ सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रदेश सहकारी संघका सचिव तथा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, संस्थाका सञ्चालक सदस्य गुञ्जन थापा र लेखा सुपरिवेक्षण समितिका संयोजक रामकुमार गौतमले संयुक्तरुपमा सहकारीको झण्डा ओढाएका हुन् ।
कनकाई आर्यघाटमा सहकारी अभियन्ता खरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न कर्णाली साकोससहित दर्जनौं सहकारी संघ–संस्थाबाट सयौं सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
संस्थाका सञ्चालक समिति सदस्य थापाका अनुसार कर्णाली साकोसको उच्च व्यवस्थापन समितिको आजै बिहान बसेको आकस्मिक बैठकले साकोसका सबै सेवा केन्द्रहरुमा आज कारोबार स्थगन गर्ने र असार २ गते शोक विदा गर्ने निर्णय गरेको छ ।
June 11, 2022 8:36 pm | मुख्य समाचार,समाज,सहकारीप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
