
शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ मा गठबन्धन तर्फ नेपाली कांग्रेसका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी भएका छन् ।
वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज खुलाल कार्की १२ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लोकबहादुर रोक्काले ८४४ मत प्राप्त गरेका थिए ।
नेकपा एमालेका विजयी सदस्यहरु
त्यस्तै महिला सदस्यमा नेकपा एमालेका गोमा रिजाल ११८८ मत प्राप्त गरी विजयी भएकी छिन् । दलित महिला सदस्यमा नेकपा एमालेकी गीता दर्जी १०३४ मत र खुल्ला सदस्य गंगा ताजपुरिया ९६१ मत प्राप्त गरी विजयी घोषित भएका हुन् । अर्का खुल्ला सदस्यमा नेपाली कांग्रेसका नरेन्द्र बस्नेत ९५८ प्राप्त गरी विजयी भएका निर्वाचन कार्यालयले घोषणा गरेको छ । निर्वाचित कार्की २०७४ सालको निर्वाचनमा पनि वडाध्यक्ष पदका निर्वाचत वडाध्यक्ष हुन् ।
शिवसताक्षी नगरपालिकाको वडा नं. ६ मा जम्मा ३०५६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
May 20, 2022 8:25 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
