रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

May 20, 2022 1:42 pm

झापा । मोरङको रतुवामाइ नगरपालिकाको मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश्वरप्रसाद सिंह गंनगाई निर्वाचित भएका छन् । एमाले उम्मेदवार दुर्गाबहादुर बिष्‍टलाई पराजित गर्दै ७४ वर्षीय वृद्ध सिंह मेयरमा निर्वाचित भएका हुन् । उनले १३१३५ मत पाए । एमाले उम्मेदवार विष्टले ११२५२ मत पाए । मेयरमा राप्रपा उम्मेदवार गोविन्दबहादुर कटुवालले ९४० मत पाएका छन् ।

रतुवामाईको उपमेयरमा दमयन्तादेवी चुडाल निर्वाचित भइन् । एमाले उम्मेदवार चुडाल ९३७४ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सुमन कालीकोटेले ८४७९ मत पाए । उपमेयरमा स्वतन्त्र उम्मेदवार टंकप्रसाद ढकालले २२०४ मत पाएका छन् । राप्रपा उम्मेदवार विणादेवी मण्डलले ११७४ मत पाइन् ।

          May 20, 2022 1:42 pm | मुख्य समाचार,राजनीति,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: