फुटबल खेलाडी एञ्जिला सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ बन्ने


काठमाडौ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कला, संस्कृति, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताएका छन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बाफो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ को घोषणासभामा बोल्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।

नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएको प्रति खुसी व्यक्त गर्दै मन्त्री अथकले एञ्जिला चलचित्रमार्फत् नेपाली खेलाडीहरूको मनोबल बढाउन चलचित्र निर्माण पक्ष सफल हुने विश्वास समेत व्यक्त गरे ।

‘हाम्रो देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने कला, संस्कृति र खेलकुद हुन् । यहाँ दुबै पक्ष जोडिएर आएका छन् । त्यसैले यसलाई झनै मेहनत गरेर बनाउन आग्रह गर्दछु’, उनले भने ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपाली खेलाडी र खेल क्षेत्रको विकासमा ‘एञ्जिला’ चलचित्र कोशेढुङ्गा सावित हुने बताए ।

चलचित्र निर्माण पक्षले निकै सराहनीय कार्यको थालनी गरेको उल्लेख गर्दै डा। रेग्मीले आवश्यक सहयोगका लागि मन्त्रालय सधैं तयार रहेको पनि बताए ।

मिलन चाम्सको निर्देशनमा चलचित्र निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘एञ्जिला’को घोषणा शुक्रबार गरिएको हो ।

उक्त चलचित्रमा फुटबल खेलाडी एन्जिला तुम्बाफो सुब्बा आफैं प्रमुख भूमिकामा देखिनेछिन् भने दयाह्याङ राई, बुद्धि तामाङ, सृजना सुब्बा, माउत्से गुरुङ लगाएतका कलाकारको पनि अभिनय रहने छ ।

          March 19, 2022 7:53 am | खेलकुद,गीत/संगीत/मनोरञ्जन,टिप्स/जानकारी

प्रतिकृयाहरू :

समाचारहरु: