
आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा

काठमाडौं– पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ।
पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले मछिन्द्रलाई ३–१ गोलले हराएर फाइनल पुगेसँगै मछिन्द्र बाहिरिएको हो।
एपीएफलाई जित दिलाउन प्रदीप लामा, शनिस श्रेष्ठ र नवीन लामाले गोल गरे। खेलको २५ औं मिनेटमा मणि लामाको फ्रि किकमा शनिस श्रेष्ठले हेडरमार्फत गोल गरेका थिए। त्यसपछि खेलको ४० औं मिनेटमै मछिन्द्रले खेलमा बराबरी गरेको थियो।
नुर्लान दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि मछिन्द्र क्लब १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दबाबमा आएको मछिन्द्रले अन्तिम समयसम्म प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेन।
तर दोस्रो हाफमा एपीएफले दुई गोल थप्यो। कप्तान नवीन लामाको पासमा ६८ औं मिनेटमा प्रदीप लामाले गोल गरेर एपीएफलाई पुनः अग्रता दिलाएका थिए। त्यस्तै, खेलको इन्ज्युरी समयमा सुमन लामाले गोल गरेपछि एपीएफले मछिन्द्रविरुद्ध जित निकालेको हो।
एपीएफ पहिलो पटक २०६४ सालमा फाइनल पुगेको थियो। त्यस्तै, अहिले ऊ दोस्रो पटक फाइनलमा पुगेको हो। तर, उसले उपाधि जित्न सकेको छैन। ऊ १४ वर्षपछि फाइनल पुगेको हो।
बुधबारदेखि पोखरा रंगशालामा आहा रारा हेर्न दर्शकलाई पनि मान्यता दिइएको थियो। कोभिडका कारण समर्थकले रंगशालामा उपस्थित भएर प्रतियोगिता हेर्न पाएका थिएनन्।
January 26, 2022 5:09 pm | खेलकुदप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
