नेकपा एमाले झापामा ३० पदका लागि मतदान

January 14, 2022 6:58 pm

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा नेतृत्वका लागि मतदान शुरु भएको छ । विर्तामोडको हिमाला पाटी प्यालेसमा साझ ५ः३० बजेदेखी मतदान सुरु भएको हो । मतदान रात्री ११ बजेसम्म हुने निर्वाचन कमिटीले जनाएको छ ।

एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटीमा यश अघि नै १२० जना सर्बसम्म्त भैसकेका छन् । बाँकी ३० पदका लागि निर्वाचन शुरु गरिएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

निर्वाचन कमिटीका अनुसार खुल्ला हल सदस्यमा १९ जनाका लागि मतदान हुने भएको छ । १९ जनाका लागि ५३ जनाको उम्मेद्वारी परेको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर १ (क) को खुल्ला सदस्य पद्मा निर्वाचन हुने भएको छ । त्यसमा १ जनाका लागि ३ जना उम्मेद्वार बनेका छन् ।

मेचीनगरको खुल्ला सदस्य पद्मा २ जनाका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् । सो पद्मा पनि निर्वाचन हुने भएको छ । निर्वाचन कमिटीका अनुसार आदिवासी जनजाति खुल्ला सदस्यमा २६ जनाको उम्मेद्वारी परेको छ । ६ जना निर्वाचित गर्न मतदान हुने भएको छ ।

यस्तै, युवा, विधार्थी र खेलकुदमा २ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

          January 14, 2022 6:58 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: