शिवसताक्षी वडा नं. ६ का ३ सय किसानलाई स्प्रे ट्यांकी वितरण

January 10, 2022 8:00 pm

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ६ किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको छ ।

किसानको जीवन स्तर बृद्धि गर्न वडाले स्प्रे ट्यांकी वितरण गरेको हो ।

वडाका ३ सय किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले वडाबाट विनियोजित २ लाख बजेटले किसानका तरकारी बालीहरुमा प्रयोग हुने स्पे्र ट्यांकी वितरण गरिएको जानकारी दिए । वडाले तीन घर बराबर एक ट्यांकी वितरण गरेको हो ।

शिवसताक्षी वडा नं. ६ का अधिकांश मानिसहरु कृषिमा निर्भर छन् । त्यहाँका किसानहरुले हिउँदै तथा बर्खे तरकारीहरु उत्पादन गरी झापाका विभिन्न बजारहरुमा विक्री वितरण हुने गरेको अध्यक्ष कार्कीको भनाई छ ।

ट्यांकी वितरण वडाध्यक्ष कार्कीले गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु बद्रीनाथ खनाल, लक्ष्मीप्रसाद गरागाईँ, उषादेवी खड्का लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव विमल बाँस्कोटाले गरेका थिए ।

          January 10, 2022 8:00 pm | समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: