भद्रपुर जेसीजको रक्तदानमा ४१ प्रिन्ट रगत संकलन

November 26, 2021 8:10 pm

भद्रपुर । जेसीज सप्ताह अन्र्तगत भद्रपुर जेसीजले दोस्रो कार्यक्रमका रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६ महिला तथा ३५ पुरुष गरी ४१ पिन्ट रगत सङ्कलन भएको छ ।

सन् २०२१ का अध्यक्ष जेसी खिलनाथ ( निकास) पाण्डेको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रक्तदाताहरुलाई सम्मान पत्र तथा टिसर्ट समेत उपलब्ध गराइएको थियो ।

          November 26, 2021 8:10 pm | समाज

प्रतिकृयाहरू :

समाचारहरु: