महाधिवेशनबाटै ओलीको निर्देशन: चुनावको तयारीमा लाग्नुस्, बहुमत ल्याउनुपर्छ

November 26, 2021 7:53 pm

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।

चितवनमा आजबाट सुरु भएको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले अनेक प्रकारको उतारचढाव देखेका छौँ। समाज परिवर्तनको लागि व्यवहारिक ढंगले अग्रगामी परिर्वतन गर्न सक्ने पार्टी नै एमाले हो। यो सबैभन्दा ठूलो पार्टी हो।’ लोकतान्त्रिक अभ्यासका साथ महाधिवेशन सम्पन्न गर्ने उनले बताए।

ओलीले भने, ‘तपाईहरुले छानेर पठाएको प्रतिनिधिहरू गैरजिम्मेवार छैनन्। देशलाई एकजुट बनाएर समस्या समाधान लागि ढिलोचाँडो चुनावमा जानुको विकल्प छैन। हामी गलत बाटो नजाऔँ। संसदबाट प्रधानमन्त्री बनाउन छाडेर परमादेशको बाटोमा नजाऔँ। हामीले जनताको बीचमा जाऔँ भनेका थियौँ। केहीले रोके। अब केही समयमा चुनाव आउँदैछ।’

लोकतन्त्र, संविधानको रक्षा र कार्यान्वयनका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्ने उनको भनाइ छ। एमाले सरकार आएपछि देशमा विकासको लहर चल्ने उनको दाबी छ। संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि एमालेले बहुमत ल्याउनै पर्ने उनको जिकिर छ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सामा समेटिसकेको भएकाले वार्ताको माध्यमबाट जग्गा फिर्ता ल्याउनुपर्ने बताए।

          November 26, 2021 7:53 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: