आज देशैभर प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नेतृत्व चुनिँदै

November 19, 2021 11:19 am

झापा । नेपाली कांग्रेसको १४औं महाधिवेन अन्तर्गत आजदेखि देशैभर प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा नेतृत्व चयको प्रक्रिया सुरु भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन सम्पन्न भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा नेतृत्व चयन गरिन लागेको हो ।

समितिको पछिल्लो संशोधित कार्यतालिका अनुसार मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । अधिकांश जिल्लामा आज अधिवेशन हुँदैछ । आज अधिवेशन हुन नसकेका जिल्लामा जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने अधिकार निर्वाचन समितिले दिएको छ ।

कांग्रेसले पहिलो पटक प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो । संविधानको व्यवस्था अनुसार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुनेछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।

कांग्रेसको प्रदेशसभा अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने कार्यतालिका बनाइएको छ ।

          November 19, 2021 11:19 am | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: