खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन

October 14, 2021 7:13 pm

भद्रपुर । वडा दशैंको अवसर पारेर झापा चन्द्रगढीका स्रष्टा खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन गरिएको छ ।

झण्डै तीन दशक सरकारी सेवामा जीवन समर्पण गरेका स्रष्टा कोइरालाले जीवनका भोगाइलाई समेटेर तयार पारेको कृति यात्रा कविता संग्रहको विमोचन साहित्य तथा संगीतका सर्जक विश्वप्रकाश शर्माले गरेका हुन् ।

लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन समारोहमा लेखकको परिचय सहप्राध्यापक एवम समालोचक तारा विविध तथा कृतिको समीक्षा सहप्राध्यापक समालोचक चुडामणि वशिष्ठले गरेका थिए ।

साहित्यका स्रष्टा तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम सन्तोष कोइरालाले स्वागत गरेको कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, अग्रज साहित्यकार घनेन्द्र शर्मा, साहित्य सर्जक मायामितु न्यौपाने, विभूति विद्या मन्दिरका संस्थापक प्रिन्सिपल गोविन्द लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन प्रज्वल कोइरालाले गरेका थिए ।

          October 14, 2021 7:13 pm | विविधा,समाज,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित