कमेडी च्याम्पियन सिजन दुईको उपाधी भरतमणी पौडेललाई

September 19, 2021 9:56 am

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको आधारमा पौडेललाई विजेता घोषित गरिएको हो ।

त्यस्तै, फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले पाए ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो कमेडी च्याम्पियन उपाधी विजेता पौडेलले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

त्यसैगरि फस्ट रनरअप अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल र सेकेन्ड रनरअप थापाले स्कुटर पुरस्कार स्वरुप प्राप्त गरे ।

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो । मदनकृष्ण र हरिवंशले विजेता घोषणा गरेका थिए ।

शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई रहेका थिए । शो निर्देशन विशाल भण्डारीले गरेका थिए ।

          September 19, 2021 9:56 am | गीत/संगीत/मनोरञ्जन,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित