बालदिवसमा वक्तृत्वकला, अंकिता सुवेदी प्रथम

September 14, 2021 7:28 pm

कमल । राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज कमल गाउँपालिकाले विध्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

“सामान्य अवस्थामा वा कोभिड माहामारी, बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका १२ वडा विद्यार्थीहरु सहभागी रहेका थिए । सहभागी विद्यार्थी मध्ये वण्डरल्याङ बोर्डिङ्ग स्कुल कमल ३ की छात्रा अङकिता सुवेदी प्रथम , मंगलमय माध्यमिक विद्यालय कमल ५ की छात्रा सञ्जना बस्नेत द्वितीय, साउथपोल अंग्रेजी माध्यमिक कमल ५ की छात्रा अनिशा खत्री तृतीय सरस्वती माध्यामिक विद्यालय कमल ७ की छात्रा प्रगति दाहाल, व्राईटÇयुचर बालक्लव कमल ७ का बाबुरामा न्यौपाने सान्त्वता भएकीे निर्णायक मण्डलका संयोजक विन्दु दाहाल मुकदर्शकले जानकारी दिए ।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष मेनुका काफ्ले ,प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, महिला तथा बालबालिका शाखा रेनुका गौतमले विजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना मन्तव्य सहित प्रमाणपत्र तथा नगद क्रमश ४ हजार, ३ हजार, २ हजार १ हजारका दरले प्रदान गरेका थिए ।

मंगलमय माध्यमिक विद्यालय कमल ५ का छात्र निश्चल निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोहही विद्यालयकी छात्रा अम्विबा भट्टराईले सन्चालन गरेकी थिइन् ।

          September 14, 2021 7:28 pm | विविधा,शिक्षा,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: