एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले स्वीकृत

September 14, 2021 2:13 pm

काठमाडौं । प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधबीच बजेट स्वीकृत भएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए । सभामुख सापोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी एमाले सांसदको नाराबाजीबीच बहुमतले स्वीकृत भएको छ ।

सभामुख सापकोटाले अर्को बैठक आउँदो असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

          September 14, 2021 2:13 pm | मिडियाबाट साभार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: