कोरोना संक्रमण भई अस्पताल भर्ना भएका दूधेका युवा व्यवसायीको मृत्यु

June 12, 2021 7:47 am

शिवसताक्षी ।  शिवसताक्षी नगरपालिका दूधेका एक जना युवा व्यवसायीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडा निवासी ४६ वर्षीय हरिप्रसाद गेलालको कोरोना संक्रमण भई उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको हो ।

उनलाई गएको जेष्ठ ११ गते कोरोना पोजेटिभ देखिएछि १३ गते अस्पतालमा भर्ना गरिएको शिवसताक्षी नगरपालिका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । उनका अनुसार उनको फोक्सोमा गम्भिर संक्रमण देखिएको थियो ।

लामो समय भेन्टिलेटरमा राखेर उपचार गराइरेको अवस्थामा उनको हिजो बेलुली मृत्यु भएको फोकल पर्सन अधिकारीले बताए । उनले भने, मृतकको पटक पटकको पिसिआर पोजेटिभ देखिएपनि शुक्रबार गरिएको रिर्पोट भने कोरोना नेगेटिभ आएको हो । पिसिआर नेगेटिभ आएपछि परिवारले नै सव व्यवस्थापन गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । मृतक गेलालले दूधे बजारमा कपडा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

          June 12, 2021 7:47 am | समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित