गैँडाको खाग बेवारिसे अवस्थामा फेला

June 10, 2021 2:04 pm

चितवन । चितवनको वरन्डाभार संरक्षित वन क्षेत्रमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरुले गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो ।

“हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको घाँसे मैदानमा खागजस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो,” नेपालले भने, “आज यसलाई सुरक्षित गरेर ल्याइएको छ ।”

खागको प्रकृति हेर्दा चोरी–सिकारी गर्ने उद्देश्य नभई गैडा आपसमा जुधेर झरेको हुन सक्ने उनले बताए । खागलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइने उनले जानकारी दिए ।

          June 10, 2021 2:04 pm | मिडियाबाट साभार,राष्ट्रिय समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु: