वाग्मती प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

June 10, 2021 7:54 am

काठमाण्डौ । आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज वाग्मती प्रदेश सरकारले सार्वजनिक गर्ने भएको छ ।

दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ । वाग्मती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।

          June 10, 2021 7:54 am | प्रदेश तह,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: