युवा उद्यमी पोखरेलको मृत्यु

June 10, 2021 7:29 am

झापा । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको मृत्यु भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति मृत्यु भएको हो ।

काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको मृत्यु भएको उनका परिवारका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए । ५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड ३ निबासी पोखरेलका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

          June 10, 2021 7:29 am | समाज,स्थानीय तह


प्रतिकृयाहरू :

समाचारहरु: