हाम्रो नेपाल साकोस र जुनेली कृषि सहकारीको एकीकरण

April 26, 2021 7:18 am

कचनकवल । बिर्तामोडस्थित हाम्रो नेपाल साकोससँग कचनकवल ७ मा रहेको जुनेली कृषि सहकारी संस्थाको एकीकरण गरिएको छ । वैशाख ९ गते बनियानीमा तेस्रो एकीकरण सभामार्फत् दुई सहकारी संस्थाबीच औपचारिकरुपमा ‘मर्ज’ गरिएको हो ।

२०६८ साल भदौ १८ गते दर्ता भएको जुनेली कृषि सहकारी हाम्रो नेपालमा मर्ज भएपछि सबै नीति, नियम, विनियम, पान हाम्रो नेपालको रहने गरी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट लेखिआएको कार्यक्रममा जानकारी दिइयो । एकीकरण पछि संस्थाको नाम हाम्रो नेपाल साकोस नै रहेको छ ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो एकीकरणसभामा बोल्दै उनले सहकारीलाई माथि उठाउन ऋणिले आफ्नो कर्जा समयमा नै तिर्नुपर्ने औंल्याए । सहकारीले गरिबी निवारण गर्छ तर सहकारीलाई सही तरिकाले बुझ्नु र चलाउन सक्नुपर्छ, गाउँपालिका अध्यक्ष आलमको भनाई थियो ।

साकोसका अध्यक्ष भवानीप्रसाद दंगालले दुईवटै संस्थाको साधारणसभाबाट एकीकरणका लागि अधिकार प्राप्त गरी कानूनी प्रक्रियाहरु पूरा गरेर प्रदेश सहकारी रिजष्ट्रारको कार्यालयबाट स्वीकृति लिइएको बताए । संस्थाको कार्यक्षेत्र झापा जिल्लाभर तथा इलामका तीनवटा र मोरङका तीनवटा पालिकामा सेवा विस्तार गरिएको अध्यक्ष दंगालले सो कार्यक्रममा बताए ।

संस्था एकीकरण घोषणा सभामा जुनेली कृषि सहकारीका विभिन्न ओहोदामा रहेर सेवा गर्ने दर्जनौंलाई प्रशंशापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो ।

          April 26, 2021 7:18 am | समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: