आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन

April 12, 2021 8:44 pm

विर्तामोड । सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन गरिएको छ । सोमबार झापाको विर्तामोडमा एक समारोहका बीच पूर्वमन्त्री अग्निप्रसाद खरेलले पुस्तक विमोचन गरेका हुन् ।

सामुदायिक वन नीति समिक्षा, सामुदायिक वनद्वारा आदिवासी महिलामा परेको प्रभाव तथा वहिष्करण सम्बन्धी अनुसन्धान समेटेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले पुस्तक प्रकाशन गरेको हो । पूर्वी नेपालको झापा र मोरङमा रहेका आदिवासी समुदायलाई समेटेर अनुसन्धान गरिएको पुस्तकको प्रतिवेदन आदिवासी विज्ञ तथा अनुसन्धान कर्ता यशोकान्ती भट्टचनले तयार पारेका थिए ।

पुस्तकका बारेमा विश्लेषक नन्द कन्दङबाले प्रकाश पार्नु भएको थियो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनीमाया माझीको अध्यक्षता सम्पन्न कार्यक्रममा विर्तामोड नगर सदस्य सुरेन राजवंशी, महिला नेतृ रोसनी मेचे, हरि धिमालले धारणा राखेका थिए । कार्यक्रम शोभा शाक्यले संचालन गरेकी थिइन् ।

          April 12, 2021 8:44 pm | समाज,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित