कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

April 11, 2021 8:16 pm

कमल । झापाको कमल गाउँपालिकामा आइतबारबाट तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा प्रतियोगिता अन्तरगत भाला फाल्ने खेलमा छात्रतर्फ महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २ का सुरज तामाङ्ग प्रथम भएका छन् । त्यस्तै निहारिका वोडिङ्ग स्कुल कमल ४ का एकराज श्रेष्ठ द्वितीय र कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कमल २ का गंगा बहादुर विकले तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी छात्रा तर्फ निहारिका वोडिङ्ग स्कुल कमल ४ की सरिना प्रधान प्रथम, शहिद धर्मधक्त माध्यमिक विद्यालय कमल ३ की वर्ष राई द्वितीय र महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २ की अनिता रिमाल तृतीय भएकी छिन् ।

त्यसैगरी सटफुटतर्फ निहारिका वोडिङ्ग स्कुल कमल ३ का एकराज श्रेष्ठ प्रथम, शहिद धर्मधक्त माध्यमिक विद्यालय कमल ३ का डम्वर राई द्वितीय र कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल २ का रोशन श्रेष्ठ तृतीय भएका छन् भने छात्रातर्फ निहारिका वोडिङ्ग स्कुल कमल ३ कै सरिना प्रधान प्रथम, शहिद धर्मधक्त माध्यमिक विद्यायलका कमल ३ की वर्षा राई द्वितीय र वण्डरल्याण्ड बोडिङ्ग स्कुल कमल ३ की दिक्षा लिम्बु तृतीय भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कबड्डी, भलिवल, एथलेटिक्स लगायतका खेल हुने छन् । जसमा सामुदायिक तर्फ १० र सस्थागत तर्फ १० वटा गरि जम्मा २० वटा विद्यालय सहभागी रहेका छन् ।

          April 11, 2021 8:16 pm | खेलकुद,समाज

प्रतिकृयाहरू :

समाचारहरु: