नेकपा एमालेको संसदीय समितिमा नाम हेरफेरको सिफारिस

April 11, 2021 2:48 pm

काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेर बहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराई र शान्ता चौधरी सिफारिस गरिएको छ ।

संसदीय सुनुवाई समिति निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई र शान्ता चौधरी र राजेन्द्र राई सिफारिस गरिएको छ । जसमा राई मात्रै खनाल–नेपाल समूहका हुन् ।

          April 11, 2021 2:48 pm | मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार


प्रतिकृयाहरू :

समाचारहरु: