
आदर्श साकोसको बोलोचौकमा सेवाकेन्द्र विस्तार

शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संंंस्थाले सेवाकेन्द्र विस्तार गरेको छ ।
संस्थाले शिवसताक्षीको दक्षिणी भेगलाई मध्य नजर गर्दै शिवसताक्षीको वडा नं. ४ स्थित बोलोचोकमा प्रथम सेवाकेन्द्र विस्तार गरेको हो । शनिबार एक कार्यक्रमका बीच उक्त सेवाकेन्द्रको उद्घाटन गरिएको छ । संविधान सभाका सदस्य जगतबहादुर ताजपुरियाले रिवन काटेर सो सेवाकेन्द्रको उद्घाटन गरेका हुन् ।
संस्थाले आफ्नो क्षेत्र विस्तार गर्दै व्यवसायी कै नजिक गएर सेवामूलक तरिकाले कारोबार गर्न बोलेचोकमा सेवाकन्द्र खोलिएको संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए । यस अघि सहकारीले बोलोचोकमा खाता सञ्चालन गरेको थियो । तर आफ्ना सदस्यहरुलाई दूधेसम्म आएर कारोबार गर्न टाडाभएपछि सो स्थानमा सेवा केन्द्र विस्तार गरिएको व्यवस्थापक पोख्रेलको भनाई छ ।
वित्तीय कारोबार सँगै रेमिट्यान्स, हवाई टिकट, विजुलीको बिल लगायतको सेवा दिइने सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । हाल सो क्षेत्रमा कुनै पनि सहकारी तथा बैंकहरुको नभएको अवस्थामा वित्तीय कारोबारकालाई त्यहाँ मानिसहरु शिवगञ्जसम्म धाउनु पर्नै बाध्यता अबका दिन नरहेको अध्यक्ष थापाको भनाई छ ।
हाल सेवाकेन्द्रमा तीन जना कर्मचारी रहने संस्थाले जनाएको छ । सेवाकेन्द्र उद्घाटन कै दिन ४० बढी खाता खोलिएको र २ लाख ५५ हजार रकम संकलन भएको व्यवस्थापक संस्थाका सचिव यादवप्रसाद घिमिरेले जानकारी दिए ।
संस्थाका अध्यक्ष चन्द्र थापाको सभापत्विमा भएको उद्घाटन कार्यक्रम संस्थाका उपाध्यक्ष नीलकृष्ण खरेलले स्वागत गरेका थिए भने व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले सञ्चालन गरेका थिए ।
February 20, 2021 7:05 pm | मुख्य समाचार,समाज,सहकारी

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
