
डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन

भद्रपुर । शिक्षासेवी तथा साहित्यकार डा. द्रोणकुमार पौडेलको स्मृतिमा प्रकाशित ग्रन्थको एक कार्यक्रमका बीच बिमोचन गरिएको छ ।
डा. पौडेलको स्वर्गारोहणको वार्षिक पुण्य तिथिकोको अवसर पारेर पौडेल परिवारले स्मृति ग्रन्थ प्रकाशन गरी बिमोचन गरिएको हो ।
डा. द्रोणकुमार पौडेल स्मृति ग्रन्थ प्रकाशन समितिकी संरक्षक मिरादेवी पौडेलको अध्यक्षता तथा भाषाविद चुडामणि रेग्मीको प्रमुख आतिथ्यमा पौडेल निवास भद्रपुर १० मा स्मृति ग्रन्थसितै पौडेलले अनुवाद गर्नुभएको प्राचीन गीताको पनि बिमोचन गरिएको थियो ।
स्मृति ग्रन्थको समीक्षा गर्दै मेची क्याम्पसका सहप्राध्यापक गंगाराम ढुंगेलले डा. पौडेलको खोज अनुसन्धानदेखि समाज सेवासम्मका विविध पक्षलाई स्मृति ग्रन्थले समेटेको प्रष्ट पारेका थिए ।
यस्तै पौडेलद्वारा प्राचीन ग्रन्थ गीताको नेपाली अनुवाद गरिएको धार्मिक कृति प्राचीन गीताको समीक्षा गर्दै सह प्राध्यापक तथा समालोचक चुडामणि वशिष्ठले संस्कृत वाङ्मयका रूपमा रहेको गीताको मौलिक अस्तित्व कायम गर्दै नेपालीपन भित्र कृति तयार भएको जानकारी दिएका थिए ।
कार्यक्रममा झापा, मोरङ, भारतको आसाम, सिलीगुरी लगायतका स्थानबाट साहित्य तथा शिक्षा क्षेत्रमा कृयाशील व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
February 17, 2021 8:09 pm | समाज,साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
