
भिडियो शेयर गर्दै १८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या

काठमाडौं । १८ वर्षीया अमेरिकी टिकटक स्टार डजारिया क्वेन्ट नोइसले सोमबार आत्महत्या गरेकी छन् । डजारिया टिकटकमा ‘डी’ नामबाट चर्चित थिइन् ।
आत्महत्या गर्नुअघि उनले एक भिडियो सेयर गरेकी छन्, जसलाई उनले अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याप्सनमा उनले लेखेकी थिइन्, ‘मलाई थाहा छ मैले तपाईंहरुलाई झर्को लगाइरहेकी छु, यो मेरो अन्तिम पोस्ट हो ।’
डेलिमेल अनलाइन पोर्टलका अनुसार डजारियाका अभिभावकहरूले उनको मृत्युके पुष्टि गरेका छन् । छोरीको मृत्युले उनीहरु शोकमा छन् । गोफन्डमी नामको पेजमा डजारियाको पिता रहिम अलाले ८ फ्रेबुअरीमा छोरीले मलाई छोडेर गइन् भन्दै पोस्ट गरेका थिए ।
साथी जस्ती छोरीको अन्तिम संस्कार गर्न आफूलाई अन्यन्त गाह्रो भएको उनी बताउँछन् । उनले भनेका छन्, ‘छोरीले आफ्नो तनाव र आत्महत्याको विचारको बारेमा मसँग कुरा गरेको थए हुन्थ्यो । यसको समाधान निकाल्थ्यौं । जब म घर आउँछु तिमीलाई देख्दिन ।’
स्मरण रहोस् डजारिया सामाजिक सञ्जालमा एकदमै चर्चित थिइन् । टिकटकमा उनलाई लाखौंले फलो गरेका छन् । उनी इंस्टाग्राम र युट्युबमा पनि एक्टिभ भइन् । एजेन्सी
February 12, 2021 6:57 pm | मिडियाबाट साभार,विविधा
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
