
पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि
January 14, 2021 9:05 am

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ ।
फाइनलमा पिएसजीले मार्सेलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाघि हात पार्यो । पिएसजीका लागि माउरो इकार्डी र नेयमारले गोल गरे ।
मार्सेलीका लागि डिमिट्री पायटले गोल फर्काए । खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको पिएसजीका लागि ८५ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै २–० गोलको अग्रता दिलाए ।
खेलको ८९ औं मिनेटमा पायटले गोल गर्दै मार्सेलीलाई २–१ को स्थितिमा ल्याए । तर बाँकी समयमा गोल गर्न नसक्दा पिएसजीसँग मार्सेली २–१ गोलअन्तरले पराजित भएको हो ।
January 14, 2021 9:05 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
