नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षकको निधन

January 11, 2021 11:49 am

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ ।

६५ वर्षको उमेरमा शाहीको हिजो बेलुका दैलेखको पुर्ख्यौली घरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । शेर्पाकाअनुसार मल्टिपल अर्गन फेलरबाट पीडित शाहीलाई अरु विभिन्न रोगको सङ्क्रमण समेत भएको थियो । शाहीको दैलेखमै आज अन्तिम संस्कार गरिने छ ।

लोकबहादुर शाही आधुनिक नेपाली फुटबलको स्तरीय गोलकिपर मानिन्छन् ।

सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट सम्हालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

          January 11, 2021 11:49 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु: