
कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजार ब्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । लामो समयदेखि नेतृत्वविहीन समितिले शनिबार निर्वाचनको माध्यमबाट आगामी तीन वर्षे कार्यकालका लागि कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय कृषिथोक बजार ब्यवस्थापन समिति चयन भएको छ ।
कृषिथोक उपज बजार ब्यवस्थापन समितिको चुनाव सोसियोमेट्रिक पद्धतिमा सम्पन्न भएको हो । जसमा मतदाताले आफू बाहेक जो कोहीलाई भोट हाल्न पाउने ब्यवस्था हुन्छ । पुष २४ गते पहिलोचरण कृषकतर्फको चुनाव सम्पन्न भएको थियो । जसमा झापाका ८ वटा स्थानीय तहका ५–५ जना गरी कूल ४० जना मतदाता रहेका थिए । जसमा ३९ मत खसेको मध्ये २ मत बदर भएको थियो ।
चुनावबाट ३ जना कृषक प्रतिनिधि छनौट भएका थिए । बिर्तामोडका कमल पौडेल, कनकाई नगरपालिकाका हरि सिलवाल र अर्जुनधाराका वृन्दा लुइटेल विजयी भएका हुन् । ब्यापारीतर्फ २५६ मत मध्ये २४३ मत खसेको थियो भने ४ मत वदर भएको थियो । ब्यापारी तर्फको दोश्रो चरणको चुनावबाट ब्यापारी प्रतिनिधि खगेन्द्र महताले ९५ मत, ज्योति चुँडाल (पार्वती) १४१, धर्मप्रसाद बराल, ८६ मत ल्याएर छनौट भएका थिए । निर्वाचित प्रतिनिधि मध्येबाट सञ्चालक समितिको अध्यक्ष हुने ब्यवस्था अनुरुप कमल पौडेल सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भए ।
बजार सञ्चालक समितिमा कृषक र ब्यापारीतर्फका ६ जना, सम्बन्धित वडाका अध्यक्ष, कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ १ जना पदेन सदस्य र जिल्ला समन्वय समिति वाट मनोनित उपभोक्तातर्फवाट १ जना सदस्य गरी कूल ९ सदस्यीय सञ्चालक समिति रहने प्रमुख निर्वाचन अधिकृत वीरेन्द्र पराजुलीले जानकारी दिए ।
कृषि उपज बिक्री वितरणका लागि बनाइएको बजार भित्र कृषि उपजमात्र नभई अन्य सामग्रीका ब्यापारीहरुले अड्डा जमाएका छन् । सरसफाईदेखि कृषकले उत्पालन गरेको उपज थोक बिक्रीका निमित्त निर्माण गरिएको कृषक चौतारीमा समेत राम्रै चलखेल हुने गरेको बताइएको छ ।
January 10, 2021 2:01 pm | अर्थतन्त्र,राष्ट्रिय समाचार,लोकप्रिय

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
