धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको १३औ वार्षिक साधारणसभा सम्बन्धी अत्यन्त जरुरी सूचना

November 29, 2020 6:13 pm

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको १३औ वार्षिक साधारणसभा सम्बन्धी अत्यन्त जरुरी सूचना

  मिति २०७७ मंसिर १४ गते           

यस सहकारी संस्थाको सञ्चालक समितिको मितिः २०७७/८/१२ मा सम्पन्न बैठकको निर्णयानुसार १३औ वार्षिक साधारणसभा आगामी २०७७ साल मंसिर २९ गते सोमबारका लागि तय गरिएको जानकारी गराउँदछु । कोरोना भाइरस संक्रमणको त्रासका कारण यो वर्ष विगतमा जस्तो भव्य कार्यक्रमका बीच साधारणसभा गरिनेछैन । सहकारी विभागको निर्देशन समेतलाई मध्यनजर गरी यो वर्षको साधारणसभा सम्पन्न गर्नुपर्ने बाध्यता बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ ।

साधारणसभाका लागि तयार गरिएको संस्थाको वार्षिक प्रतिवेदन मुख्य कार्यालय बिर्तामोड तथा सेवा केन्द्रहरु जयपुर, गोलधाप, लक्ष्मीपुर र बुधबारे कार्यालयमा राखिएको छ । शेयर सदस्यहरुले सम्बन्धित कार्यालयबाट मिति २०७७ मंसिर २० गतेभित्र कार्यालयमा उपस्थित भई प्रतिवेदन बुझिलिनु हुन सादर अनुरोध छ । सदस्यज्यूहरुले प्रतिवेदन माथि गहन अध्ययन गरी मिति २०७७ मंसिर २५ गतेभित्रमा लिखितरुपमा राय तथा रचनात्मक सल्लाह र सुझाव संस्थाको कार्यालयमा बुझाउनु हुन पनि अनुरोध गरिन्छ ।

वार्षिक प्रतिवेदनमाथि तपाईंले प्रतिक्रिया वा सुझाव संस्थाको प्रगतिका लागि महत्वपूर्ण हुनेछ । सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा १३औं वार्षिक साधारणसभाको विधि र प्रक्रियाबारेमा यही सूचनाद्वारा अवगत गराइन्छ ।

(कोरोना भाइरस संक्रमणबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।)

कृष्ण पौडेल : अध्यक्ष

सञ्चालक समिति 

          November 29, 2020 6:13 pm | विज्ञापन


प्रतिकृयाहरू :

समाचारहरु: