बिर्तामोड नगरपालिकाका कोरोना संक्रमित प्रमुख, उपप्रमुखको स्वास्थ अवस्था सामान्य

November 29, 2020 11:51 am

बिर्तामोड । बिर्तामोड नगरपालिकाका कोरोना संक्रमित प्रमुख, उपप्रमुखको स्वास्थ अवस्था सामान्य रहेको छ। नगरप्रमुख धु्रवकुमार शिवाकोटीलाई मंसिर ६ गते संक्रमणभएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो।

नगरप्रमुख शिवाकोटीका अनुसार सामान्य टाउको दुख्ने शरीर दुख्ने भइरहेकोमा घरायसी औसधिको प्रयोग गरिएको बताए ।यस्तै उपप्रमुख प्रसाईको पनि स्वास्थ सामान्य रहेको छ ,घरायसी जडिबुट्टि सेवन गर्दै होम आइसुलेसनमा रहेर बेसारपानी र तातो पानीको बाफ लिदै आराम गरिरहेको प्रसाइले बताइन्।

प्रसाईका श्रीमान एबम नेकपा बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईको पिसिआए रिपोर्ट नेगेटिभ आएको छ । उपप्रमुख प्रसाईं संगै संक्रमित भएका नगरपालिकाका दुई जना सवारी चालकको स्वास्थ सामान्य रहेको र कुनै खास लक्ष्यण देखा परेको छैन ।

          November 29, 2020 11:51 am | राष्ट्रिय समाचार,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: