आज टिकाको चौथो दिन : मान्यजनबाट टीका थाप्‍ने क्रम आज पनि जारी

October 29, 2020 8:02 am

झापा । बडादशैं अन्र्तगत आज टिकाको चौथो दिन । आज पनि मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिदै छ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी रहने छ ।

विशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नवदुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि बढ्ने जनविश्वास रहेको छ ।

असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने विजयादशमीलाई हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्वका रुपमा मनाइँदै आएको छ ।

          October 29, 2020 8:02 am | राष्ट्रिय समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु: