कोरोना संक्रमणबाट बिर्तामोडमा एक बृद्धाको मृत्यु

October 20, 2020 11:01 am

बिर्तामोड । कोरोना संक्रमणबाट बिर्तामोडकी एक बृद्धाको मृत्यु भएको छ । बिर्तामोड ४ की खरेल थरकी ७७ वर्षिया बृद्धाको विराटनगरको नोवेल हस्पिटलमा आज विहान मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि उनलाई केही दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो । घटनाको पुष्टि गर्दै बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले उनको लाश ल्याउन तयारी भइरहेको जानकारी दिएका छन् ।योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिर्तामोडमा २ र जिल्लामा १९ पुगेको छ ।

          October 20, 2020 11:01 am | मुख्य समाचार,राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: