२०८० असोज ५, शुक्रवार , ०७:५०:५४ बजे

Sajhamanch
'

विद्यार्थीहरूले बनाए खाद्य परिकार

शनिवार, फागुन १७, २०७६

भद्रपुर । भद्रपुर ९ स्थित प्रज्ञा एकाडमीमा व्यवहारिक शिक्षा अन्र्तगत कक्षा ८ देखि कक्षा ११ का विद्यार्थीहरूले विविध खाद्य परिकार महोत्सव सम्पन्न गरेका छन् ।

विद्यालय परिसरमा विभिन्न खाद्य परिकारका ११ स्टल सहित कक्षा ११ होटल मेनेजमेन्ट समूहको नेतृत्वमा विविध खाद्य परिकार महोत्सव सम्पन्न गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष माया पाण्डेले उद्घाटन गरेको महोत्सवमा नेपाली खाद्य परिकार अन्र्तगत सेल रोटी, चियाकफी, चनाचटपटे, मम, देखि लेगपिस, विभिन्न मासुका परिकार लगायत खेल तमासा समेत गरी ११ स्टलमा एक दिने खाद्य महोत्सव गरिएको हो ।

प्रज्ञा एकाडमी बाल क्लब तथा बाल कल्याण कोषको सम्युक्त आयोजनामा सम्पन्न महोत्सवमा ७० हजार लागत विद्यालयले ऋण स्वरूप लगानी गरि दिएको प्रधान अध्यापक राजेश निरौलाले जानकारी दिए । प्रअ निरौलाका अनुसार महोत्सवबाट विक्री गरेर उठेको रकमबाट विद्यालयको लगानी विद्यार्थीले तिर्ने छन् भने नाफा रकम खर्च कटाएर विद्यार्थी कल्याण कोषमा जम्मा गर्ने छन् ।

शनिवार, फागुन १७, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर