२०८० फागुन २२, मङ्गलवार , ०७:३५:३८ बजे

Sajhamanch
'

एभरेष्ट कपको उपाधि इष्ट होराइजनलाई

बुधवार, फागुन १४, २०७६

बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी बिर्तामोडले आयोजना गरेको तेस्रो एभरेष्ट कप २०७६ को उपाधि इष्ट होराइजन इङ्लिस बोर्डिङ स्कूल धुलाबारीले चुमेको छ ।

विद्यालयको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर्स इङ्लिस स्कूल बिर्तामोडलाई १ गोलका विरुद्ध २ गोल गरी इष्ट होराइजनले उपाधि चुमेको हो ।

लिटल फ्लावर्सका खेलाडी देवर्सी राईले ३२ मिनेटमा पहिलो गोल गरेर खाता खोले पनि प्रतियोगिताभर टिकले अर्को गोल थप्न सकेन । यसको विपरित इष्ट होराइजनका अरुण मेचेले ४५ मिनेटमा र अविनाश चौधरीले ५२ मिनेटमा एक एक गोल गरेर लिटल फ्लावर्सलाई पराजित गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक लिटल फ्लावर्सका रुपकराज लामा भए भने वेष्ट डिफेन्डरमा लिटल फ्लावर्सका नै सोहिल श्रेष्ठ घोषित गरिए । यसरी नै उत्कृष्ट मिडफिल्डरमा इष्ट होराइजनका अरुण मेचे भए भने वेष्ट फरवार्डमा इष्ट होराइजनकै निरोज कार्की घोषित भए ।

फाइनल खेलको उत्कृष्ट खेलाडी इष्ट होराइजनका अविनास चौधरी घोषित भए । प्रतियोगिताका विजयी–उपविजयी टिमसहित उत्कृष्ट घोषित खेलाडीहरुलाई अतिथिहरुले अवार्ड प्रदान गरेका थिए ।

सम्बन्धित खबर