२०८० फागुन २२, मङ्गलवार , ०७:३४:५८ बजे

Sajhamanch
'

मौसममा पश्चिमी वायुको प्रभाव: आज पनि मेघ गर्जन र चट्याङसहित वर्षा

बुधवार, फागुन १४, २०७६

काठमाडाै‌ । पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावको कारण देशको अधिकांस स्थानहरुमा सामान्य देखि पूर्ण बदलीको अवस्था छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको हनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिक देखी सामान्य बदली रहनेछ ।

त्यस्तै पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राती पनि देशको मध्य भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली र मध्य र पश्चिमी तराईका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

बुधवार, फागुन १४, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर