२०८० असोज ५, शुक्रवार , ०७:४८:३१ बजे

Sajhamanch
'

मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने होः प्रधानमन्त्री

बिहिवार, फागुन ८, २०७६

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि संरक्षण नगर्ने बताएका छन् । बिहिबार काठमाण्डौमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताएका हुन् ।

उनले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मात्रै कुरा नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन्,’ तेरो पद धरापमा पर्ला नि भनेर, तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’

बिहिवार, फागुन ८, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर