२०८० फागुन १८, शुक्रवार , ०२:४०:५६ बजे

Sajhamanch
'

तेस्रो सताक्षी गोल्डकपः थ्रि स्टार क्लब फाइनलमा प्रवेश

बिहिवार, फागुन ८, २०७६

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको पहिलो सेमीफाइनल खेलमा थ्रि स्टार क्लब फाइनलमा प्रवेश गरेको छ ।

आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै थ्रि स्टार क्बल काठमाण्डौ फाइलनमा प्रवेश गरेको हो । जितसँगै थ्रि स्टारले तीन लाख रुपैयाँ सुरक्षित गरेको छ ।

खेलको ५९ औँ मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रि स्टारका अशोक खवासको लामो प्रहार सतासीधाम स्पोर्टिङ्ग क्लबका गोल किप्पर मनोज प्रधानको हातबाट फुस्किएर गोल हुन पगेको थियो । खेलको ८२ औँ मिनेटमा थ्रि स्टारका कप्तान विक्रम लामाले गोल थप्दै जीत सुनिश्चित गरेका थिए ।
इन्जुरी समयमा सतासीधामका पदम भट्टराई गरेको पेनाल्टी प्रहार थ्रि स्टारका किप्परले अनुमान लगाउन नसक्दा गोलमा परिणत भएको थियो । सतासीधाका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रि स्टारका खेलाडीले लडाएपछि पाएको पदम भट्टराई पेनाल्टी हान्ने मौका पाएका थिए ।

पहिलो हाफसम्म दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफमा आयोजक सतासीधामले खेललाई गति दिन नसक्दा सेमीफाइलबाट बाहिरिन पुग्यो ।

खेलको म्यान अफ दि म्याच थ्रि स्टारका अनन्त तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।  प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ । भोली शुक्रबार हुने दोस्रो सेमीफाइनल मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

सम्बन्धित खबर