२०८० फागुन १८, शुक्रवार , ०४:३६:४४ बजे

Sajhamanch
'

अडियो प्रकरणबारे मन्त्री बाँस्कोटाको जवाफ– गल्ती गरे मै जाउँला

बिहिवार, फागुन ८, २०७६

काठमाडौं  । सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा विवरणमा आएको कमिशन माग सम्बन्धीको अडियो रेकर्डबारे सरकारको नियमित पत्रकार सम्मेलनका बेला विस्तृत जवाफ दिने बताएका छन् ।

जुन कामै गरेको छैन, त्यस विषयमा आएको अडियो रेकर्डले खासै फरक नपार्ने बताएका उनले यस्ता अफर अनेक हिसाबले आउने गरेको पनि टिप्पणी गरेका छन् । आफूले कमिशन वा रकम लिएको भए त्यसको भागीदार बन्नुपर्ने तर खाँदै नखाएको विष नलाग्ने पनि उनको दाबी छ ।

यसैबीच, कार्यक्रमका दौरान कञ्चनपुर जिल्लामा रहेका मन्त्री बाँस्कोटाले व्यक्तिमाथिको आरोपले व्यक्तिलाई नै असर गर्ने भएकाले यसको जवाफ काठमाडौंमा नै दिने बताए । उनले आफूले गल्ती गरेको प्रमाणित भए त्यसको सजाय भोग्न तयार रहेको बताउँदै भने,‘व्यक्तिले गरेको गल्तीका लागि पार्टी जाँदैन, मैले गल्ती गरेको छैन । गल्ती गरेको भए म जाउँला ।’

सत्तामा हालीमुहाली गर्न नपाएका विभिन्न शक्ति कुनै न कुनै रुपमा कम्युनिस्टमाथि आक्रमण गर्न उद्दत रहेको दाबी गर्दै अडियो प्रकरण पनि यसैको निरन्तरता रहेको उनको भनाई थियो ।

बिहिवार, फागुन ८, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर