२०८० असोज ५, शुक्रवार , ०७:४७:४१ बजे

Sajhamanch
'

कमल गाँउपालिकाको केन्द्र सार्न स्थानीयको माग

सोमवार, फागुन ५, २०७६

दमक । झापाको कमल गाँँउपालिकाको केन्द्र उपयुक्त ठाँउमा नभएको भन्दै स्थानन्तरण गर्न स्थानीयले माग गरेका छन् ।

कमलका २५० जनाको हस्ताक्षार संकलन गरि गाँउपालिका भरिका बासिन्दालाई पायक पर्ने ठाँउमा केन्द्र राख्नु पर्ने माग राखेका हुन् ।

स्थानीय सरकार वनेको तीन वर्ष पुग्न लाग्दा समेत पूरानै ठाँउमा केन्द्र रहिआएकाले त्यहाँबाट सञ्चालित सेवा प्रभावकारी हुन नसकेकाले सवै सेवाग्रहीको सुविधा हुने गरि गाँउपालिकाको केन्द्र राख्नु पर्ने माग अघि सारिएको सामूहिक माग पत्रमा उल्लेख गरिएको छ ।

हाल गाँउपालिकाको केन्द्रबाट गाँउपालिका भरिका सेवाग्रहीलाई सेवा दिन पर्याप्त सुविधा नभएकाले त्यसले गर्दा चर्को सास्ती खेप्नु परेको उल्लेख गरेका छन् ।

यसअघि दलीय सहमतिमा गाँउपालिकाको कार्यालय पूर्वपश्चिम राजमार्ग आसपासमा भुगोल,वसोवास तथा सुरक्षाका दृष्ट्रिले समेत उपयुक्त ठाँउमा राख्ने निर्णय भएको माग पत्रमा उल्लेख छ ।

साविक लखनपुर र तोपगाछी समायोजन गरि वनेको कमल गाँउपालिका ७ वडामा कायम छन् । साविक लखनपुर तर्फ वडा नम्बर ५,६ र ७ रहेको अन्य वडा भने तोपगाछी रहेका छन् । साविक तोपगाछी गाविसको क्याम्पास्थित भवनमा हाल गाँउपालिकाको केन्द्र सञ्चालनमा छ ।

सम्बन्धित खबर