२०८० फागुन २०, आइतवार , ०४:३९:४० बजे

Sajhamanch
'

मेचीनगरमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु

सोमवार, फागुन ५, २०७६

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिता २०७६ सोमबारबाट सुरु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं. १२ को आयोजनामा आगामी फाल्गुन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष नरेन्द्र धिमालले गरेका थिए ।

सोमबार भएको वडा नं. १२ र १४ विच भएको उद्घाटन खेलमा वडा नंं १२ लाई सोजो सेटमा पराजित गर्दै वडा नं. १४ अर्को चरणमा प्रवेश गरेको छ ।

त्यस्तै आजै हुने भनिएको वडा नं १५ र वडा नं।११ वीच खेलमा वडा नं.१५ अनुपस्थित भएपछी वाकओवर पाउँदै वडा नं.११ दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले शिल्ड, मेडल, प्रमाण पत्र र नगद क्रमशः रु.५१ हजार, रु. ३१ हजार र रु.११ हजार प्राप्त गर्नेछन्।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलााई ट्रफी र प्रमाणपत्रसहित नगद प्रदान गरिने खेल समितिका संयोजक रबिन मेचेले जानकारी दिए ।

सोमवार, फागुन ५, २०७६ | खेलकुद

सम्बन्धित खबर