२०८० फागुन ११, शुक्रवार , ०९:३३:४७ बजे

Sajhamanch
'

लिङ्कन मन्टेश्वरी स्कूलको वार्षिकोत्सव सम्पन्न

शुक्रवार, फागुन २, २०७६

बिर्तामोड । बिर्तामोडको लिङ्कन मन्टेश्वरी स्कूलको तेस्रो वार्षिक उत्सव विविध कार्यक्रम गरी आज मनाइएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको अध्यक्षता तथा बिर्तामोड नगर प्याब्सन अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि खनालले बालबालिकाका लागि मन्टेश्वरीले अभिभावकको रुपमा काम गरेको बताए । अभिभावकले आफ्ना नानीबाबुहरु मन्टेश्वरीमा भर्ना गरिदिएर आफूहरुले अफिसको तथा घरको काम सहजरुपमा गर्न पाएको सुनाउँदै खनालले विद्यालयले पनि नानीबाबुहरुको शिक्षा, स्वास्थ्यसँगै गैर शैक्षिणक क्रियाकलापमा अब्बल स्थान हासिल गर्न सकेको बताए ।


विद्यालयका प्रिन्सिपल दिपिका भट्टराईले आमन्त्रित अतिथि एवम् अभिभावकहरुलाई शब्दद्वारा स्वागत गरेको कार्यक्रममा अभिभावक गोबिन्द गिरी लगायतले आ–आफ्ना धारणा राखेका थिए। देव शर्माले सञ्चालन रहेको कार्यक्रममा विद्यार्थीहरु गीत, नृत्य तथा स्पिचमार्फत् आ–आफ्नो कला प्रस्तुत गरेका थिए।

सम्बन्धित खबर