२०८० फागुन १९, शनिवार , ०६:३०:३४ बजे

Sajhamanch
'

बिएण्डसीको सम्बन्धनका लागि आयोगमा निवेदन दर्ता

शुक्रवार, फागुन २, २०७६

झापा । बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले बिहीबार चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन्।प्रसाईंले बिहीबार आयोग पुगेर सम्बन्धन प्रक्रियाका लागि निवेदन दर्ता गराएका बिएण्डसीका जनसम्पर्क अधिकृत प्रमेश गिरीले जानकारी दिएका हुन्।

मेडिकल कलेज सञ्चालक प्रसाईंका अनुसार सम्बन्धन माग्दै दिएको निवेदन आयोगले दर्ता गरेको छ। ‘निवेदन दर्ता गरेको छु। अब सम्बन्धनको प्रक्रिया सुरू भयो’ प्रसाईंको भनाई उधृत गर्दै गिरीले भने।

चिकित्सा शिक्षा ऐन मै राजधानी बाहिर आशयपत्र पाएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने उल्लेख छ । तर आशयपत्र पाएर पनि सम्बन्धन कुरिरहेको बिएण्डसी राजधानीबाहिरको एउटै मात्र मेडिकल कलेज हो।

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले पनि बिएण्डसीबाट आएको निवेदन दर्ता भएको बताए। बिएण्डसीको निवेदन परेको छ, हामी अध्ययन गर्दैछौं’ उपाध्यक्ष गिरीले पुष्टि गरेका छन् ।

बिएण्डसीका सञ्चालक प्रसाईं हिजो बिहीबारमात्रै भक्तपुर जिल्ला प्रशासनमा हाजिर भएर तारेखमा छुटेका हुन् । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्धा दर्ता गराए पछि प्रसाईले प्रशासनमा हाजिर गर्नु परेको हो ।

झापाको बिएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर उपस्थित भएर तारेखमा छुटेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी थिइन्।

प्रसाईंविरूद्ध गत माघ २ गते भक्तपुर प्रशासनले पक्राउ गर्न वारेन्ट जारी गरेपछि प्रसाईं सम्पर्कविहीन थिए।

सम्बन्धित खबर