२०८० फागुन १८, शुक्रवार , ०५:३०:४१ बजे

Sajhamanch
'

जिल्ला कृषि सहकारी संघमा पुनः मीना ढकाल

मङ्गलवार, माघ २८, २०७६

बिर्तामोड । झापा जिल्ला कृषि सहकारी संघ लिमिटेडको हालै सम्पन्न सातौं वार्षिक साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

माघ २४ गते सम्पन्न साधारणसभाले साना किसान कषि सहकारी संस्था महारानीझोडाका अध्यक्ष मीनाकुमारी ढकाललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ । यस्तै संघको उपाध्यक्षमा घैलाडुब्बाका रामप्रसाद ओली, सचिवमा बुधबारेका केशव सापकोटा र कोषाध्यक्षमा गौरादहका भूपराज लुइँटेल चयन भएका छन् ।

सात सदस्यीय सञ्चालक समितिका सदस्यहरुमा केशव कट्वाल टाँघनडुब्बा, देवीमाया अधिकारी चन्द्रगढी र कृष्णमाया गिरी जलथलले जिम्मेवारी पाएका छन् ।

संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा नवराज भट्टराई पथरिया तथा सदस्यहरुमा लखनपुरकी तिलरुपा बाँस्तोला र महाभाराका तिलक राजवंशी रहेका छन् ।

सम्बन्धित खबर