२०८० फागुन २०, आइतवार , ०५:३३:४६ बजे

Sajhamanch
'

मेरो माइक्रोफाईनान्सद्वारा झिलझिले मा.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मङ्गलवार, माघ २८, २०७६

झिलझिले । शिवसताक्षी वडा नं. ८ स्थित झिलझिले माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

मेरोमाइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार झिलझिले मा.वि.का कक्षा १ देखि ३ सम्मका ४४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

मेरोमाइक्रोफाईनान्सले जनही १ दर्जन कपी पेन्सील र शैक्षिक सामाग्री राख्ने झोला वितरण गरिएका जनाएको छ । करिव तथा विपन्न छोरा छोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा विपन्नताका कारण हुन सक्ने ड्रपआउटको संख्या घटाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले बताए ।

मुलुकका ५६ जिल्लामा ११० शाखा रहेको मेरोमाइक्रोफाईनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सवै शाखामा शैक्षिक सामाग्री वितरण गरिरहेको शाखाका प्रमुख श्रीकृष्ण खड्काले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केहरशिंह वस्नेतको प्रमुख आतिथ्यता र ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक कोमल ठाकुर, वडा नम्बर ८ का सचिव पुष्पलाल पाण्डे, शिक्षक संघ शिवसताक्षीका नगर अध्यक्ष विष्णु सुव्बाको विशेष आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

सम्बन्धित खबर