२०८० फागुन १९, शनिवार , ०६:३४:३६ बजे

Sajhamanch
'

सेवा निवृत्त प्राध्यापक डाक्टर पौडेलको निधन

बिहिवार, माघ १६, २०७६

भद्रपुर । भद्रपुरका शिक्षासेवी तथा साहित्यकार डा. द्रोणकुमार पौडेलको ७१ वर्षको उमेरमा गएराति निधन भएको छ ।

आमासयको अर्बुद्ध रोगबाट पीडित पौडेलको बुधवार राति साढे ९ बजे निधन भएको हो । त्रिभुवन विश्वविद्यालय अन्र्तगत मेची बहुमुखी क्याम्पसमा नेपाली विषयका निवृत्त प्राध्यापक स्वर्गीय पौडले लोक साहित्यका अध्येता थिए ।

वि सं. २००६ सालमा स्वर्गीय टिकाराम उपाध्याय तथा भोजमायाका पुत्रका रुपमा भारतको असाम राज्य अन्तर्गत सोनितपुर जिल्लाको बाटियामारीमा जन्मिएका पौडेलले भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ३२ वर्ष शिक्षण गरेर सेवा निवृत्त भएका थिए । पौडेलका लोक साहित्य तथा समालोचनाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् ।

स्वर्गीय पौडेलको वैदिक विधिपूर्वक हजारौं मलामीजनको उपस्थितिमा बिहीबार स्थानीय देउनिया खोलामा दाहसंस्कार गरिएको छ । पौडेलकी श्रीमती मिरा, छोरा यशवन्त, छोरीहरू योगिता र यौवनिका रहेका छन् ।

सम्बन्धित खबर