२०८० फागुन १९, शनिवार , ०४:४३:५० बजे

Sajhamanch
'

भद्रपुर जसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बिहिवार, माघ १६, २०७६

भद्रपुर । भद्रपुर जेसीजको ४४ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सन् २०१९ का अध्यक्ष अनुज खतिवडाले सन् २०२० का अध्यक्ष डिल्लीराम पोखरेललाई जेसीज चेन पहिर्याउँदै पद हस्तान्तरण गरेका हुन् ।

अनुज खतिवडाको अध्यक्षता तथा प्रदेश सभा सदस्य बसन्तकुमार बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देवीमाया, लक्ष्मीप्रसाद पोखरेल सुशासन पत्रकारिता पुरस्कारबाट भद्रपुरका पत्रकार वीरेन्द्र न्यौपानेलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो भने भद्रपुरका ३ जना क्यान्सर रोगी भद्रपुर ५ की रमिका राजवंशी, भद्रु राजवंशी र भद्रपुर ९ का निर्मल दाहाललाई नगद ५ हजारका दरले आर्थिक सहयोग गरिएको थियो ।

डिल्लीराम पोखरेलले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नव निर्वाचित अध्यक्ष पोखरेलले महासचिवमा खिलनाथ (निकाश) पाण्डे, कोषध्यक्षमा रमेश कार्की र सहसचिवमा रविन कार्कीलाई मनोनित गरी विभिन्न विभाग समेत गठन गरेर पूर्णता दिएका छन् ।

सम्बन्धित खबर